सप्तकोशीमा डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा बरामद


७ चैत्र २०८०, बुधबार
ganja

मोरङ । सप्तकोशीमा डुंगामा राखेर ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद भएको छ । मध्यराति १ः३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदी किनारमा डुंगामा राखेर ल्याएको गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सप्तकोशी किनारमा केही व्यक्तिहरूले डुंगाबाट गाँजा निकाल्दै गरेको बेलामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी आएको थाहा पाएपछि उनीहरू गाँजा छाडेर फरार भएका थिए ।

बरामद भएको गाँजा थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट फागुन १ गते देखि हाल सम्म १ एम्बुलेन्स सहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७