बेलबारीमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या, यसरी भागेर बाँचे आठ वर्षीय छोरा


७ चैत्र २०८०, बुधबार
Belbari hatya 1

मोरङ । मोरङको बेलबारीमा श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूको हत्यापछि आत्महत्या गरेका हुन् ।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहान १ः४० बजेतिर दाउ प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए । दाउ प्रहारबाट टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको दाहालले बताए । घाँटी रेटेर गम्भीर घाइते अवस्थामा बमबहादुरलाई प्रहरीले फेला पारेको थियो । उनलाई उपचारको लागि विराटनगरको नोबेल अस्पताल ल्याइएकोमा मृत्यु भएको दाहालले बताए ।

jhagada

हत्याको कारण भने खुलिसकेको छैन । गीताको शवको मुचुल्का उठाउने काम भइरहेको छ । बमबहादुरको शव कोशी अस्पतालमा राखिएको छ । दाहालका अनुसार बमबहादुर र गीता दुवैले दोस्रो बिहे गरेका थिए । उनीहरूका ८ वर्षीय एक जना छोरा छन् । बमबहादुरले छोरामाथि पनि आक्रमणको प्रयास गरेका थिए । तर, उनी भने भागेर बाँचेका थिए ।

‘कोठामा बुवाले आमालाई दाउ प्रहार गरेपछि आफूलाई पनि प्रहार गर्न खोज्दा भागेर जोगिएको बालकले बताएका छन्,’ दाहालले भने । बालकलाई चोटपटक लाग्न नपाएको दाहालले बताए । मृतक दुबै स्थानीय निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । श्रमान–श्रीमतीबीच दिनहुँजसो झगडा भइरहने गरेको प्रहरीले जनाएको छ । झगडा श्रीमानले श्रीमतीलाई बढी शंका गर्ने गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७