चौपाया चराउन गएका बेला बाघको आक्रमणबाट महिला घाइते


७ चैत्र २०८०, बुधबार
Tiger Ghaite.jp

बारा । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट मंगलबार निजगढ नगरपालिकाकी एक महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट मंगलबार दिउसो निजगढ नगरपालिका– ११ रतनपुरकी ४० वर्षीया दिलकुमारी पुलामी मगर घाइते भएकी हुन् ।

निजगढ नगरपालिका– ११ स्थित तपोभूमि सामुदायिक वनमा चौपाया चराउन गएकी मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको घाइते दिलकुमारीले बताइन् । बाघको आक्रमणबाट जंगलमा लडेकी उनलाई सँगै चौपाया चराउन गएका भोगबहादुर मुक्तान र अर्का साथीले बचाउन सफल भए । तर, तीन वटा बाख्रा भने बाघले मारेको छ ।

बाघको आक्रमणमा परीकी मगरको छाती र पिठ्युँमा पन्जाको दाग छ । उनको पिठ्युँमा टाका समेत लगाइएको छ भने अवस्था सामान्य रहेको निजगढ नगरपालिका– ९ स्थित निजगढ सामुदायिक अस्पतालका डाक्टर मुन्ना कुमार साहले जानकारी दिए । यसैबीच निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले घाइते दिलकुमारीको स्वास्थ्य अवस्था बुझ्न निजगढ सामुदायिक अस्पताल पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७