सहकारी प्रकरण राफसाफ पार्न रवि लामिछानेले गृह मन्त्रालय रोजेका हुन् : सांसद केसी


७ चैत्र २०८०, बुधबार
chitrabahadur kc 1U7IkrWjBo
फाइल तस्वीर ।

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरण राफसाफ पार्न रवि लामिछानले गृह मन्त्रालय रोजेको आरोप लगाएका छन् । आज (बुधबार) संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृह मन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।

गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै यो सम्भव नहुने उनले बताए । केसीले संसदभित्र र बाहिर बद्नाम मान्छेको सहारा लिनु र उनीहरूलाई सरकारमा समावेश गराउनु जनतामाथिको अपमान भएको जिकिर गरे । त्यस्तै उनले मानवताविरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय १७ वर्षदेखि अड्किएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७