रूसका नव निर्वाचित राष्ट्रपति पुटिन मेको मध्यमा चीन भ्रमणमा निस्कने


८ चैत्र २०८०, बिहीबार
putin 2

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् । क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ हुन सक्छ ? भन्ने अनुमान चलिरहेको बेला यो समाचार बाहिर आएको हो ।

पश्चिमी सरकारहरूले सोमबार पुटिनको पुनः निर्वाचितलाई अनुचित र अलोकतान्त्रिक भन्दै निन्दा गरेका छन् । तर चीन, भारत र उत्तर कोरियाले भने रूसी राष्ट्रपतिलाइ बधाइ दिएका छन् । रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरे पनि फराकिलो भूराजनीतिक रेखाहरूलाई पार गर्दै आफ्नो शासनको अवधि थप ६ वर्ष विस्तार गरेकोमा पुटिनलाइ बधाई दिएका हुन् ।

‘पुटिनले अब चाँडै चीन भ्रमण गर्नेछन्,’ स्रोतलाइ उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूका अनुसार सो भ्रमण सम्भवतः मेको दोस्रो सातावाट सुरू हुनेछ । पुटिनको चीन भ्रमण सीको योजनाबद्ध युरोप भ्रमण अघि हुन लागेको हो ।
क्रेमलिनलाइ रोयटर्सको रिपोर्टर सोध्दा पुटिनको भ्रमणको जानकारी मिति नजिकै पुगेपछि जारी गरिने बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई भने, ‘अहिले राष्ट्रपतिको भ्रमण र धेरै उच्चस्तरीय सम्पर्कहरू तयार भइरहेको छ, जब हामी नजिक पुग्छौं हामी तपाईंलाई सूचित गर्नेछौं ।’

चीनको विदेश मन्त्रालयले तुरून्त टिप्पणीको लागि अनुरोध गरे पनि यसबारे कुन प्रतिक्रिया दिन चाहेन । चीन र रसियाले फेब्रुअरी २०२२ मा सीमा साझेदारीको घोषणा गरेका थिए । जब पुटिनले युक्रेनमा दशौं हजार सेना पठाउनु अघि बेइजिङको भ्रमण गरेका थिए, सो भ्रमण लगत्तै दोस्रो विश्वयुद्ध पछि युरोपमा सबैभन्दा घातक भूमि युद्ध सुरु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७