चौमाला प्रहरी प्रमुखमाथि सार्वजनिकस्थलमै कुटपिट


९ चैत्र २०८०, शुक्रबार
Nepal Police

धनगढी । कैलालीको चौमाला प्रहरीका प्रमुखमाथि कुटपिट भएको छ । बिहीबार इलाका प्रहरी कार्यालय, चौमालाका इञ्चार्ज वरिष्ठ सइ नेत्रबहादुर कठायतमाथि कुटपिट भएको हो ।

चोरीको स्कुटरको विषयमा स्थानीय युवा र प्रहरीबीचमा विवाद भएको थियो । चोरीको स्कुटर भगाएको भन्दै प्रहरी इञ्चार्ज कठायतलाई स्थानीय युवाहरूको समूहले एक पसल अगाडि कुटपिट गरेका हुन् । तर, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टले चोरीको स्कुटरको विषयमा सामान्य विवाद भएको बताएका छन् । यता, इञ्चार्ज कठायतले प्रयोग गर्ने ९८५८४९०३११ नम्बरको फोन उठिरहेको छैन ।

प्रहरीले चोरीको स्कुटर फेला पारे पनि भगाएको भन्दै स्थानीय युवाहरूले प्रहरीसँग झगडा गरेका हुन् । स्कुटरको अगाडि र पछाडिको नम्बर फरक हुँदा पनि महिला सवार चोरीको स्कुटर प्रहरीले छोडेको आरोप स्थानीय युवाहरूको छ । तर, प्रहरीले मान्छे नचिनेकाले घटना भएको जिकिर गरेको छ । प्रहरीले घटना लुकाउन खोजेको एक स्थानीयले बताएका छन् । घटना राजनीतिक रूपमा मिलाउने प्रयास हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७