अफगानिस्तानमा आत्मघाती बम आक्रमण : २१ जनाको मृत्यु


९ चैत्र २०८०, शुक्रबार
af

काठमाडौं । अफगानिस्तानको कान्दाहारमा भएको आत्मघाती बम विष्फोटमा २१ जनाको मृत्यु भएको छ । बिहीबार राति शहरको एक बैंकमा आत्मघाती हमला भएको हो । सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको थियो ।विष्फोटमा अन्य केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) समूहले जिम्मेवारी लिएको छ । उसले तालिबानलाई निशाना बनाएको बताएको छ । आईएसको समाचार संस्था अमाकले जारी गरेको रिपोर्ट अनुसार, आक्रमणकारीले करिब १५० तालिबान सदस्यको बीचमा आफ्नो आत्मघाती बेल्ट विस्फोट गराएका थिए । बीबीसीका अनुसार विष्फोटमा कम्तीमा ५० जना घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७