बोक्सीको घरको ‘जीन्दगीको कथा यता न उता’ गीत सार्वजनिक


९ चैत्र २०८०, शुक्रबार
boksi.PNG

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ को गीत ‘जीन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ । केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सिर्जना र मनिष निरौलाको संगीत छ ।

सो गीतको भिडियोमा केकी र भारती फिचर्ड छन् । सोसल–थ्रिलर जनरामा निर्माण भएको सो फिल्ममा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा समेटिएको छ । केकी स्वयं शीर्ष भूमिकामा देखिएको बोक्सीको घरमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ ।

भारतीको लेखन तथा निर्देशन रहेको सो फिल्मको निर्मातामा बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । सो फिल्म आगामी १४ वैशाखमा रिलिज मिति तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७