प्रमुख प्रशासकीय अधिकृतसहित ६ उपसचिवको सरुवा, को कहाँ ?


९ चैत्र २०८०, शुक्रबार
sanghiya

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतसहित ६ उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार विभिन्न मन्त्रालय तथा स्थानीय तहमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

जसमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीलाई दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका उपसचिव चिरञ्जीवी पौडेललाई स्याङ्जाको पुतलीबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने चितवनको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई भने जिल्ला समन्वय समिति सिन्धुलीमा पठाइएको छ ।

जिल्ला समन्वय समिति सिन्धुलीमा कार्यरत लुम्बनाथ पोखरेललाई भने प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशमा सरुवा गरिएको छ । यसैगरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकै उपसचिव गेहेन्द्रनाथ शर्माको जिल्ला समन्वय समिति उदयपुर सरुवा हुदाँ सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका भूपेन्द्र राईको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशमा सरुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७