भारतीय प्रधानमन्त्री मोदी दुई दिने भुटान भ्रमणमा


९ चैत्र २०८०, शुक्रबार
modi bhutan

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका लागि भुटान पुगेका छन् । उनलाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

दुई पक्षबीच आपसी हितका क्षेत्रहरूमा केही समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । भुटानको भ्रमणमा जानुअघि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मा भारत–भुटान साझेदारीलाई अझ सुदृढ पार्ने उद्देश्यले आफू विभिन्न कार्यक्रममा सहभागी हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७