भेडाबाख्रा पालनबाट खुशी खोज्दै मुगुका किसान, बिमा पनि सँगै


१० चैत्र २०८०, शनिबार
veda
फाइल फोटो

– खड्क सुनार
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१३ लह गाउँका सुरेन्द्र रोकाया उमेरले २७ वर्ष पुगे । ४ बर्ष खाडी मुलुक बिदेशमा बिताए । भेडावाख्रा पालन पुख्यौली पेशा भएकाले पढ्ने उमेरमै गोठालो बन्नु पर्दा लेखपढ छुट्यो । बिदेशमा बगाएको पसिनाले उनको जीवनमा खुशी त भेटाए तर सुख मिलेन । तर अहिले फर्केर यिनै भेँडाबाख्रा जीवनको सहरा बनाएका छन् । भेँडाबाख्रासँग पौंठेजोरी गर्दै खुशी भेट्ने बिचारमा रहेको उनले जनाए ।

कर्णालीका मुगुसहित अन्य हिमाली जिल्लामा आम्दानी थुप्रै सम्भावना श्रोत छन् । यहाँको प्रमुख व्यवसायिक कृषि र अन्य आम्दानीको प्रमुख सम्भावना भएका क्षेत्र हुन् । बहुमुल्य जडिबुटीलगायतका थुप्रै आर्थिक सम्भावना बोकेकोे मुगुमा पछिल्लो समय भेँडाबाख्रा पालन पनि आम्दानीको गतिलो स्रोत बनेको छ ।

३० वर्षकै उमेरदेखि भेँडा पालनमा लागेका श्रीबहादुर बढुवाल अहिले ६२ वर्षको भए । उनीसँग ४० वटा भन्दा बढी भेँडाबाख्रा छन् । शरीर बुढो हुँदै, स्वास्थ्य सँग लड्दै गए पनि भेँडासँग लुरीबुरी गर्दै गाउँबेँसी गर्ने रहर ताजै छ । मुगुका झण्डै पाँच हजार किसानको मुख्य आम्दानीको स्रोत नै भेँडा बाख्रापालन हो । उपयुक्त हावापानी र थोरै लगानीमा मनग्य आम्दानी हुने भएपछि भेँडापालनमा लाग्ने किसानको संख्या बढिरहेको छ । यहाँको रैथाने बालि कोदो, जौ, गहुँलगायतका अन्नबालीबाट आम्दानी हुने संकेत नदेखेपछि भेडावाख्रा पालनमा होमिएर आम्दानीको श्रोत बुन्ने सोरु गाउँपालिका– ११ धैनकोटका धलपुरा मष्टा बाख्रापालन समितिका अध्यक्ष दलजित सार्कीले बताए ।

भेडा–बाख्राको ऊनबाट राडिपाखी, काम्लो, फेरे लगायतका सामग्रीहरु बन्छन् । तर भेँडा पालन सोँचे जस्तो व्यवस्थित र व्यावसायिक बन्न सकेको छैन । स्थानीय सरकारले पनि भेँडापालक किसानलाई महत्व नदिएको किसान मंसिरा सार्कीले बताइन् । पछिल्लो समय मुगुका किसानहरु रैथाने बाली उत्पादन गर्न छोडेपछि कतिपय किसानहरु भेडाबाख्रा पालनतिर लागेका छन् । लक्षित बर्ग बिशेष कार्यक्रम अन्तर्गत न्युन बर्गका किसानहरुलाई आर्थिक उपार्जनमा टेवा पुग्ने हेतुले मुगुका किसानहरुलाई छनौट गरेर भेडाबाख्रा बितरण गरिएको पशु अस्पताल तथा पुश सेवा कार्यालय मुगुका प्रमुख भिमचन्द्र बुढाले बताए ।

उनका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु को आ.व.२०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक बाख्रा पालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत प्रजनन्योग्य बाख्रा ४६ वटा र १ वटा प्रजन्न योग्य बोका सोरु गाउँपालिका वडा नं ६ जिमामा ४७ वटा बाख्रा, त्यस्तै पुरुमुरु गाउँमा ६५ र धैनकोट गाउमा बिशेष गरेर दलित समुदायका ५२ जना किसानलाई एक सय वटा बाख्रा, लह गाउँमा ९८ र बालचौर गाउँमा ७९ वटा बाख्रा बितरण गरिएको प्रमुख बुढाले बताए । साथै बितरण सँगसँगै सगरमाथा लुम्बिनी ईन्स्योरेन्स क.लि. शाखा कार्यालय मुगुबाट बिमा पनि गरिदिएको अवगत गराए । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७