गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन : डा. कोइराला


१० चैत्र २०८०, शनिबार
she

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । सडकदेखि सदनसम्म चौतर्फी विरोध भइरहँदा पनि रवि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको उनले बताएका छन् ।

‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लागेर निर्दोष सावित भए फेरि मन्त्री भए भएहाल्यो’, कोइरालाले भने । काठमाडौंको मध्यबानेश्वरमा पार्टीका स्थानीय कार्यकर्तासँगको भेटमा कोइरालाले सत्ता गठबन्धनले यति ठूलो बदमासी गरिहँदा पनि काठमाडौंका चेतनशील मानिस चुपचाप बसिरहँदा अचम्म लागेको बताएका छन् ।

हरेक परिवर्तनमा काठमाडौबासीको भूमिका महत्तवपूर्ण रहेको बताउँदै कोइरालाले अबका दिनमा पनि निरन्तर खबरदारीको आवश्यकता रहेको बताए । स्थानीय कार्यकर्ताले पार्टीमा चाकडी प्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासो गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७