बझाङमा मलामी गएका व्यक्तिको मृत्यु


१० चैत्र २०८०, शनिबार
death
सांकेतिक तस्वीर

धनगढी । बझाङमा मलामी गएका एक पुरुषको सेती नदीमा बगेर ज्यान गएको छ । शनिबार दिउँसो जयपृथ्वी नगरपालिका–७ धौलाबगरस्थित सेती नदीको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षीय धनजित आग्रीको मृत्यु भएको हो ।

शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्रबहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । उनी अन्दाजी १ किलोमीटर तल बगएर नदीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७