नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशन केन्द्रित छलफल हुने


११ चैत्र २०८०, आईतवार
samajbadi
फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेशनको तयारीका बारेमा छलफल गर्ने बुझिएको छ ।

आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरिसकेको सन्दर्भमा महाधिवेशनको राजनीतिक दस्तावेजमा समावेश गरिने मुख्य एजेण्डा रहेको बुझिएको छ । उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको २७ सदस्यीय दस्तावेज लेखन समितिले सचिवालयमा सो दस्तावेज प्रस्तुत गर्नेछ ।

साथै, सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट सिफारिस भएका नाममा छलफल पनि गर्ने जनाइएको छ । नेकपा एसले आगामी जेठदेखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७