बसको ठक्करबाट दुई जनाको ज्यान गएपछि दाङमा राजमार्ग अवरुद्ध


११ चैत्र २०८०, आईतवार
block

दाङ । दाङ देउखुरीको राजपुरमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले आइतबार राजपुर र लमही नगरपालिका–८ जहरेचोकमा राजमार्ग अवरुद्ध बनाएका हुन् ।

हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । स्थानीयको अवरोधका कारण सवारी साधन अवरुद्ध छन् । सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी जनकबहादुर मल्लले बताएका छन् ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख२३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षका प्रदीप यादवको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७