टाइगर–३ पछि इमराख हाशमी अर्को फिल्ममा खलनायक, फस्ट लुक्स सार्वजनिक


११ चैत्र २०८०, आईतवार
imran hasmi

मुम्बई । बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् । इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।

इमरान हाशमीको आगामी तेलुगु फिल्म ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ । यस फिल्ममा इमरान हाशमीले खलनायकको भूमिका निभाएका छन् । उनको फिल्मको फस्ट लुक्स सार्वजनिक भएको छ । इमरान हाशमीले फिल्म ‘दे कल हिम ओजी’ बाट आफ्नो ‘फस्ट लुक्स’ शेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्, ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु । म वाचा गर्छु, हामीमध्ये एक पक्कै टाउको काटिनेछ ।’ यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन् ।

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन् । इमरान हाशमीको लुक्स हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ । फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाशमीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन् । उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । इमरानको लुक्स र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७