बसको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु


११ चैत्र २०८०, आईतवार
accident 2

रौतहट । रौतहटको चन्द्रपुरमा बसले ठक्कर दिंदा श्रीमान–श्रीमतीको ज्यान गएको छ । बागमती सडक खण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर जाँदै गरेका राई दाम्पतीलाई ठक्कर दिएपछि टाउकोमा गम्भीर चोट लागेका दुवैलाइ उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका हुन् । उक्त दुर्घटनापछि स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७