ब्याचलरमा कुन ग्रेड ल्याउनेले विद्यार्थीले के पढ्न पाउँछन् ?


२३ जेष्ठ २०७५, बुधबार
Student 2

काठमाडौं, २३ जेठ । सरकारले प्लस टुका विद्यार्थीहरुका लागि पनि ग्रेडिङ प्रणाली लागु गरिसकेको छ । धेरै विद्यार्थीहरुले हालको प्लस टुको संरचनाको बारेमा अनबिज्ञ छन् । प्लस टु अब माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भएको छ ।Student 2

यस वर्ष प्लस टुको नतिजा सार्वजनिक हुँदा ग्रेडिङ प्रणालीबाट हुनेछ । धेरै विद्यार्थी, शिक्षक अभिभावकहरु कुन ग्रेड ल्याउँदा के पढ्ने भन्नेमा अन्यौल छन् । ग्रेडिङ प्रणाली विद्यार्थीको योग्यता, क्षमता, सीप र दक्षता अंकमा मापन नगरी एउटा तहका आधार गरिने मुल्याकंन प्रणाली हो । ग्रेडिङ प्रणालीमा विद्यार्थीको मुल्याकंन अंकमा गर्न बहुत कठिन हुने हुँदा र फरकफरक परीक्षकको फरक–फरक मूल्यांकन हुने हुँदा विद्यार्थीको बुद्धि मापन गर्दा निश्चित मापदण्डको आधारमा मूल्यांकन गरी एउटा रेन्ज र तहमा विभिन्न अक्षरबाट सम्बोधन गरी विद्यार्थीबीच सापेक्षता गरिन्छ ।

ग्रेडिङ प्रणालीमा पास अथवा फेल भन्ने हुदैन् । नेपालमा ‘इ’ सम्म ग्रेड गरिएको छ । ‘इ’ सबैभन्दा कमजोर तह हो । यस प्रणाली अनुसार १०० मा २ अङ्क ल्याउनेलाई समेत (इ) ग्रेडमा सुचिकृत गरिन्छ । त्यसको अर्थ मिहिनेत पुगेन र एकदमै अपर्याप्त भन्ने हुन्छ तर फेल भनेर भनिदैन । जम्मा २ नम्बर ल्याउनेले पनि निर्धक्कका साथ स्नातक (ब्याचलर) तहमा भर्ना हुन पाइन्छ । तर कुनै कुनै बिषय जस्तै इन्जिनियरिङ र मेडिकल पढ्न भने नपाइने हुन सक्छ ।

grading

कुन ग्रेड ल्याउनेले के पढ्न पाउने भन्ने बिषयमा शिक्षा मन्त्रालयले बनाएको न्यूनतम मापदण्ड अनुसार बिश्वबिद्धालयले भर्ना लिने गर्दछन् ।

त्रिभुवन बिश्वबिद्धालयले इन्जिनियरिङ संकायमा भर्ना हुनको लागि प्लस टु मा ४५ प्रतिशत अङ्क ल्याउनु पर्ने प्राबधान राखेको थियो । ग्रेडिङ प्रणाली अनुसार यो भनेको सी ग्रेड हुन आउँछ । त्यसैले औषतमा सी ग्रेड ल्याउनेले त्रिभुवन बिश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ संकायमा भर्ना हुन पाउने पाउँछन् । सोहि कुरा मेडिकल, बीएस्सी, बीबीए, कृषि, पशु, बागवानी, कानुन संकायमा नि लागू हुन्छ ।

केही बिषयहरु जस्तै मानबिकी, बीबीएस लगाएतका बिषयमा भने यसअघि प्लस टु पास हुने सबैले भर्ना गर्न पाइने प्राबधान भएकाले औसतमा डी ग्रेड ल्याउनेले पनि भर्ना हुन पाउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७