दीपक कार्कीले लिए वन तथा वातावरण राज्यमन्त्रीको शपथ


१२ चैत्र २०८०, सोमबार
dipak 3 scaled

काठमाडौं । नव नियुक्त राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ दिलाएका हुन् ।कार्कीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । कार्की जसपाका सांसद हुन् ।

उनी धनुषाबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । वनमन्त्री जसपाकै नवलकिशोर साह सुडी छन् । गत फागुन २१ गते नेकपा एमालेसहितको गठबन्धन बनेयता तेस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको हो । कार्कीले सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएर कार्यभार पनि सम्हालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७