देशमा स्थायी गठबन्धन छैन, अहिलेका प्रदेश सरकार नफेरौं : डा. कोइराला


१३ चैत्र २०८०, मंगलवार
Shekhar koirala
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले पटक–पटक प्रदेश सरकार बनाउने र ढाल्ने काम गर्नु विकास र संघीयताको स्थायित्वका लागि ठीक नभएको बताएका छन् ।

आज (मंगलबार) बिहान फेसबुकमा कोइरालाले लेखेका छन्, ‘निर्वाचन भएको डेढ वर्षमै पटक–पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठीक हुन् ।’ उनले हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको उल्लेख गरेका छन् । साथै अहिलेको गठबन्धनले सबै प्रदेशहरूमा सरकार बनाउन सक्ने गणित नभएको पनि उनको भनाइ छ ।

‘वर्तमान प्रदेशसभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ,’ कोइरालाले लेखेका छन्, ‘मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयताविरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऊँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७