रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, एक गम्भीर घाइते


१३ चैत्र २०८०, मंगलवार
accident 2

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका २५्२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

डिएसपी थारुका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ । घाइतेका अभिभावक सम्पर्कमा आएका र उनीहरू आएपछि मृतक र घाइतेको सनाखत हुने प्रहरीले जनाएको छ । दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७