ढोलाहिटी ‘हत्याकाण्ड’ : मुख्य आरोपी विजय यसअघि नै बसेका थिए दुई वर्ष जेल


१३ चैत्र २०८०, मंगलवार
dolahiti

काठमाडौँ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई युवाको हत्या घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका चार जनालाई प्रहरीले आज (मंगलबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका–२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ–२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटनाका मुख्य आरोपी विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई दुई वर्ष जेल बसेर छुटेका थिए । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा दुई जनाको हत्या भएको थियो । फागु पूर्णिमाका दिन (चैत ११ गते राति) ललितपुर महानगरपालिका–२६ ढोलाहिटी, राजकुलो ओसिस मार्गमा दुई फरक समूहका २८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईको हत्या भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७