इलाम–२ को उपनिर्वाचन : नेकपा समाजवादीबाट तीन जनाको नाम सिफारिस


१३ चैत्र २०८०, मंगलवार
Ilam samajbadi

इलाम । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले इलाम क्षेत्र २ को उपनिर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला सचिवालयले जिल्ला सचिव हरिबाला राई, सचिवालय सदस्य जितबहादुर राई र केन्द्रीय परिषद् सदस्य पूर्णबहादुर बस्नेतको नाम प्रदेश कमिटीमा सिफारिस गरेको जिल्ला सदस्य चेतन अधिकारीले जानकारी दिए ।

यसअघि नेकपा समाजवादीबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र जिल्ला अध्यक्ष भक्त केसी समेत उम्मेदवार बन्ने चर्चामा थिए । तर खनाल र केसीलाई पार्टीले वाम दलको साझा उम्मेदवार बन्ने अवस्था आउँदा मात्रै अघि सार्न खोजेको थियो । नेकपा (एमाले) ले पार्टीको एकल उम्मेदवार घोषणा गरेपछि नेकपा समाजवादीले खनाल र केसीलाई जिल्लाबाट सिफारिस नै नगरेको हो ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । एमाले नेता सुवासचन्द्र नेम्बाङले चुनाव जितेको यो क्षेत्र गत भदौ २६ मा नेम्बाङको निधन भएपछि रिक्त छ । नेकपा एमालेले अधिवक्ता एवं स्पोर्टिङ इलाम एफसी डी मेचीका अध्यक्ष सुहाङ नेम्वाङलाई उम्मेदवारको रूपमा अघि सारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७