केहि समय मात्र बाहिर हो, सरकारले कांग्रेसलाई पछ्याई हाल्छ : गगन थापा


१६ चैत्र २०८०, शुक्रबार
gagan
फाइल फोटो

कपिलवस्तु । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही समयमा कांग्रेस सरकारमा जाने दाबी गरेका छन् । पार्टीले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले अहिले कांग्रेस सरकारमा नभएको र सरकारले केहि समयमा कांग्रेसलाई पछ्याई हाल्ने बताएका हुन् ।

आफूले निरन्तर पार्टीमा निर्वाचन अघि गठबन्धन गर्न हुन नसक्ने कुरा राख्दै आइरहेको भए पनि त्यसो हुन नसकेको उनले बताए । अहिले कांग्रेसमा क्रियाशील सदस्यता लिने प्रक्रिया अप्ठेरो रहेको बताउँदै आगामी दिनमा त्यसलाई खुकुलो बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७