नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी–२० खेल हुँदै


१७ चैत्र २०८०, शनिबार
can 1.jpg 13

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुनेछ । शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको थियो ।

यसअघि बिहीबार हुने तालिका भए पनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो । नयाँ तालिका अनुसार अब नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी–२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

टी–२० सिरिज खेल्ने नेपाली ‘ए’ टिम :

विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७