सुदूरपश्चिम सरकारबाट फिर्ता हुन रञ्जिताकाे निर्देशन, निर्णय नमान्ने केन्द्रीय सदस्यकाे घोषणा


१७ चैत्र २०८०, शनिबार
ranjita

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टीकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् । विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना सांसदलाई लिखित निर्देशन दिएपछि दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले सो बैठकको निर्णय नमान्ने घोषणा गरेका हुन् ।

नाउपाका संरक्षक र अध्यक्ष श्रीमान श्रीमतीबीचको विवादले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । नेता चौधरी विदेश भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष रञ्जिताले बुधबार टीकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक राखेर नयाँ समीकरणलाई समर्थन गर्ने र सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न शुक्रवार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी छिन् । उनले लेखेको पत्रमा भनेकी छन, ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दै छु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’ अब नाउपाका दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले १४ गते टिकापुरमा बसेको संस्थापक सदस्यहरूले गरेको निर्णयप्रति आफूहरूको समर्थन नभएको घोषणा गरेपछि यो विषय झन पेचिलो हुने देखिएको छ ।

naupa.jpg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७