तालिवान जेलमा रहेका अमेरिकन ‘मानवतावादी’ रायनको बिग्रियो स्वास्थ्य


१७ चैत्र २०८०, शनिबार
Capture.JPG 2162

न्यूयोर्क । तालिवानको आदेशमा अफगानिस्तानको जेलमा रहेका अमेरिकी मानवतावादी रायन कोर्बेटको पछिल्लो स्थिति डरलाग्दो भएको जनाइएको छ । अगस्ट २०२२ देखि अफगानिस्तानका तालिबान शासकहरूको जेलमा थुनिएका अमेरिकी मानवतावादी रायन कोर्बेटको परिवारले यस हप्ता उनीबाट आएको ‘छोटो तर विचलित फोन कल’ ले उनको घट्दो मानसिक र शारीरिक स्वास्थ्यको बारेमा थप चिन्ता बढाएको छ ।

रायनकी श्रीमती अन्ना कोर्बेटले एक विज्ञप्तिमा भनिन्, ‘उनी र उनीहरूका तीन छोराछोरीले मङ्गलबार रायानबाट गहिरो विचलित अवस्थामा १२ मिनेट फोन कल गरे, जसमा रायनको मानसिक अवस्था एकदमै बिग्रिएको अनुभूति भएको छ, उनका अपहरणकर्ताहरूले उनलाई बताए अनुसार उनले देश बिर्सेको छ र अब उसले आफ्नो देशप्रति विश्वास गर्न पनि छाडेको छ ।’

न्यूयोर्कमा बसोबास गर्ने परिवारले भने कि रायनले उनीहरूलाई कलमा भने कि उनी गत हप्ता उच्च ज्वरोबाट पीडित थिए, जुन कुन कारणले आएको थियो, अहिलेसम्म पत्ता लागेको छैन । अन्ना र दम्पतीका तीन छोराछोरी १८ वर्षीय केत्सिया, १६ वर्षीय मिरियम र १३ वर्षीय कालेबलाई अफगानिस्तानमा हिरासतमा राखेपछि रयानबाट जम्मा ४४ मिनेटमा जम्मा पाँच वटा छोटो फोन कल भएको थियो । अगस्ट २०२२ मा तालिबान इस्लामिक चरमपन्थीहरूले देशमा पुनः नियन्त्रण लिएको र अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय सैन्य गठबन्धन फिर्ता लिएको एक वर्षपछि उनी पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७