बागमती सरकारमा आज एमाले सहभागी हुँदै, थपलिया अर्थमन्त्री बन्दै


१७ चैत्र २०८०, शनिबार
jagannath thapaliya

मकवानपुर । बागमती प्रदेश सरकार आज पुनः विस्तार हुने भएको छ । जगन्नाथ थपलियाको नेतृत्वमा नेकपा एमाले आज सरकारमा सहभागी हुने भएको हो । थपलियालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको जनाइएको छ ।

उनको पद तथा गोपनीयताको सपथ आज साँझ ५ बजे हुनेछ । एमालेका थपलिया दोस्रो पटक मन्त्री बन्न लागेका हुन् । यसअघि २६ पुस २०७९ मा पनि आर्थिक मामिला मन्त्री बनेका थिए । बागमतीमा रिक्त ६ वटा मन्त्रालयमा चैत्र १५ हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७