सुनकोशी मरिणको सुरुङ खन्ने काम उत्साहजनक, एक महिनाभित्र मुख्य सुरुङ छिचोलिने


१७ चैत्र २०८०, शनिबार
HariramBhetawal KTM RSS 17 20240330092841 IMG 11022

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र छिचोलिने भएको छ । १३ किलोमिटर तीनसय मिटर लामो सुरुङको अब सातसय ९० मिटर मात्रै खन्न बाँकी रहेको आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । उनका अनुसार सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएमा एक महिनाभित्र छिचोलिनेछ ।

sunkoshi marin 1

तराई मधेसमा वर्षैभरी सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यकासाथ शुरु गरिएको आयोजनालाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको छ । सुनकोशीको झण्डै ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ कुसुमटारमा रहेको मरिण खोलामा खसालिनेछ ।

sunkoshi marin 2

त्यसपछि बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको झण्डै एकलाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । आयोजनाबाट ३१ मेगावाट बिजुली पनि उत्पादन हुनेछ । २०७९ सालको असोज २८ गतेदेखि निर्माण शुरु गरेको आयोजना २०८४ सालको असोजमा सम्पन्न गर्ने लक्ष्य छ । सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी र बाँध निर्माण कार्य भारतीय कम्पनीले गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७