धेरैजसो विदेशी मुद्राको मूल्य बढ्यो, डलरको भने स्थिर


१९ चैत्र २०८०, सोमबार
dollor

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८७ रूपैयाँ २३ पैसा रहेको छ । त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा र बिक्रीदर ८ रूपैयाँ ८४ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा र बिक्रीदर १८ रूपैयाँ ५२ पैसा रहेको छ । कतारी रियाल एकको खरिदर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ । त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ४३४ रूपैयाँ ७३ पैसा रहेको छ ।

Screenshot 2024 04 01 050607 op3bJVwJBB

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७