एशियाली खेलकुदमा रजत पदक हात पारेकी एरिकाले अमेरिकामा जितिन् स्वर्ण


१९ चैत्र २०८०, सोमबार
ee

काठमाडौं । एशियाली खेल कुदकी रजत पदक विजेता एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन अन्तर्राष्ट्रिय करातेमा जुनियरतर्फ स्वर्ण र सिनियरमा रजत पदक जित्न सफल भएकी छन् । जुनियरतर्फ आइतबार राति भएको खेलमा एरिकाले यू–२१ अन्तर्गत ६८ केजी तौलमाथिको स्पर्धामा स्वर्ण चुमेकी थिइन् ।

त्यस्तै, एरिकाले सोमबार बिहान भएको सिनियरतर्फको युएसए ओपन अन्तर्राष्ट्रिय करातेको महिला ६८ केजी माथिको तौल समूहमा भने फाइनलमा अमेरिकी खेलाडीसँग पराजित हुँदै रजत पदकमा चित्त बुझाइन् । फाइनलमा एरिका अमेरिकी खेलाडीसँग ३–२ ले पराजित भएकी हुन् ।

गत असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुद (एसियाड)की रजत पदक विजेता एरिकाले ६८ केजी माथि खुला र यु २१ दुवैको फाइनलमा पुगेकी थिइन् । अर्को खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनिको तौल समूहको सेमिफाइनलमा रोकिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७