स्रोत नखुलेको २७ लाख ७५ हजारसहित पक्राउ पर्ने को हुन् यी दुई युवा ?


१९ चैत्र २०८०, सोमबार
pakrau 1

सर्लाही । हुण्डी कारोबार गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मलंगवा बजारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । स्रोत नखुलेको २७ लाख ७५ हजार ६७० रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।

पक्राउ पर्नेमा २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अन्सारी छन् । अन्सारी मानव तस्करी र अवैध सुन कारोबारी समेत रहेको खुलेको प्रहरी स्रोतको भनाइ छ । उनीहरूमाथि प्रहरीले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७