एकै दिन सहकारीको मुख्य कार्यालय र शाखामा चोरी, सञ्चालक समितिको मिलेमतोको आशंका


१९ चैत्र २०८०, सोमबार
janabhawana

मोरङ । मोरङको लेटाङ नगरपालिका–२ मा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकै पटक चोरी भएपछि शेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका छन् ।

एकै पटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरी भएको महिनौं बितिसक्दा पनि छानवीन नभएको भन्दै शेयर सदस्यहरुले गम्भिर आपत्ति जनाएका हुन् । शेयर सदस्य तथा स्थानिय संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको भन्दै सत्यतत्य छानबिनका लागि सहकारीको सञ्चालक समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

गत फागुन १५ गते सहकारीको करिब १३ लाख चोरी भएको थियो । ‘एकीकृत जनभावना सहकारी मोरङको दोस्रो ठूलो सहकारी हुनु आफैमा गौरवको कुरा हो, ज्ञापन पत्रमा भनिएको छ, सहकारी ऐन र मुल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ ।’

ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनितिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए । उनले सत्यतथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे । शेयर सदस्यहरुले घटनाबारे सोधखोज गरे सञ्चालक समिति गैरजिम्मेवारीपन देखाउदैं, सिसिटिभि फुटेज गायव पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७