२५ वर्षपछिको शक्तिशाली भूकम्पले तहसनहस ताइवान (तस्वीरहरु)

एकको मृत्यु, २५ घाइते, जापान र फिलिपिन्समा सुनामीको चेतावनी


२१ चैत्र २०८०, बुधबार
taiwan
फाइल फोटो

काठमाडौं । ताइवानमा आज (बुधबार) बिहान आएको भूकम्पका कारण जापानकोयोनागुई द्वीपमा सुनामी आएको छ । ताइवानको राजधानी ताइपेमा आज बिहान ७.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।

taiwan 1

भूकम्पमा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । यो संख्या विस्तारै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । ताइवानमा गएको भूकम्पको झड्का जापान, चीन, फिलिपिन्स लगायतका मुलुकमा पनि महसुस गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ताइवानमा गएको भूकम्पका कारण जापानको दुई राज्यमा सुनामी गएको छ ।

taiwan earth 1

साथै अन्य राज्यमा ३ मिटरसम्म लामो सुनामीको छाल आउन सक्ने चेतावनी दिइएको छ । जापान सरकारका अनुसार योनागुई द्वीपमा एक फिट लामो सुनामी गएको छ। साथै ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरिएको छ । यस्तै फिलिपिन्समा पनि सुनामीको चेतावनी जारी गरिएको छ । समाचार संस्था एएफपीका अनुसार ताइवानमा आएको भूकम्पपछि बाद तटीय क्षेत्र खाली गर्न आदेश जारी गरिएको छ ।

taiwan 2
taiwan1
taiwan2
taiwan3
taiwan 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७