सर्लाहीमा बीभत्स अवस्थामा महिलाको शव फेला, हत्याको आशंका


२१ चैत्र २०८०, बुधबार
latest News nayapage1 scaled

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको शव फेला परेको छ । वृद्धाको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

जिरायत निवासी वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको मंगलबार साँझ घरमै शव भेटिएको हो । साँझ करिब ६ बजे आफ्नै घरमा बीभत्स अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले वृद्धको शव भेटिए पनि थप अनुसन्धान बाँकी रहेको बताए । उनले वृद्धाको हत्या भएको आशंका व्यक्त गरे। घटनामा संलग्न भएको आशंकामा एक युवक पक्राउ परेका र बिहीबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जानकारी उनले दिए ।

स्थानीयका अनुसार नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्न भएको आशंकामा २८ वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरेको हो । मृतक महिलाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७