बैतडीमा ट्याक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु


२३ चैत्र २०८०, शुक्रबार
Tractor

बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोडपे जाँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी दुई जनाको मृत्युु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । मृत्युु हुनेमा ट्याक्टर चालक ठेगाना खुल्न बाँकी रहेका राजेश चौधरी रहेका छन् । अर्का एक पुरूषको पनि मृत्यु भएको र उनको परिचय खुल्न बाँकी रहेको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७