इलाम–२ मा नेसपाको पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन


२३ चैत्र २०८०, शुक्रबार
dakendra thege

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले इलाम क्षेत्र नम्बर–२ मा पहिचानवादी उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई समर्थन गर्ने भएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा थेगिमलाई समर्थन गर्ने निर्णय भएको नेसपा प्रवक्ता कृष्ण शर्माले शुक्रबार निकालेको विज्ञप्तिमा उल्लेख छ । ‘समतामुलक समृद्धि, पहिचान र सामर्थ्यसहितको संघीयता, सुशासन-सदाचार, राष्ट्रिय स्वाधिनता र समुन्नत समाजवादका पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र सिंह थेगिमलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदाताहरुमा हाम्रो पार्टी आह्वान गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

dk

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७