एसपीमा बढुवा भएका आठ अधिकृतलाई दर्ज्यानी चिन्ह


२३ चैत्र २०८०, शुक्रबार
police

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत चैत १४ मा प्रहरी नायव उपरीक्षक (डीएसपी) हरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवा सिफारिस गरेको थियो ।

एसपीमा सिफारिस भएका सबै अधिकृतलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँबरले दर्ज्यानी प्रदान गरेका हुन् । बढुवा भएकाहरु २०६१ जेठ १५ मा प्रहरी निरीक्षक र २०७२ साउन ८ मा डीएसपी भएका थिए ।
आज (शुक्रबार) बढुवा भएका केही अधिकृत प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेर २०६१ मा निरीक्षकको प्रतिस्पर्धामा उत्तीर्ण भएका थिए ।

बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदानपछि प्रहरी महानिरीक्षक कुँबरले पद बढेसँगै जिम्मेवारी पनि थपिएको भन्दै त्यही अनुसार काम गर्न निर्देशन दिए । उनले विभागको अपेक्षा र जनताको मन जितेर कार्यसम्पादन गर्न पनि निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७