आमाको निन्द्रा जोगाउने र छोराको सपना पूरा गर्ने ठमेल २४ सै घण्टा खुला गर्न लागेका हौं : लामिछाने


२३ चैत्र २०८०, शुक्रबार
Rabi Lamichhane

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालिन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने गरी गर्न लागेको दाबी गरेका छन् । आज (शुक्रबार) रात्रिकालिन व्यवसाय सञ्चालन सरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले सरकारले रात्रिकालिन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिद्धता जनाए । गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्नु हुन्न भन्नेको विचारलाई वेबस्ता गर्ने गरी नजाने बताए । उनले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नु पर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे ।

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुने गरी मात्रै अगाडि बढ्ने उनले बताए । गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको बताए । उनले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताए । २४ सै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने उनको भनाइ छ ।

पूर्णरुपमा व्यवसायीक क्षेत्र नभएकाले स्थायी बसोवास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे । उनले ठमेलको हकमा दुई वटा कुरा रहेको बताए। उनले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गरे । उनले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौं शहर त्यस्तो मृत्य शहर नभएको बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७