ललितपुरको फर्निचर उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव फेला


२४ चैत्र २०८०, शनिबार
fire

काठमाडौं । ललितपुरको हात्तीवनस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२३, हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा भएको आगलागीमा परी एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए ।

‘शव जलेको अवस्थामा रहेकाले पहिचान हुन सकेको छैन’, एसपी सुवेदीले भने, ‘मुचुल्का उठाएर पोस्टमार्टमका लागि शव अस्पताल लाने तयारी गरिरहेका छौँ ।’ शव पुरुषको भन्ने चााहिँ चिनिएको तर मानिस नचिनिएको उनले बताएका छन् । ‘त्यहीँ काम गर्ने मानिस पनि हुनसक्छ अथवा बाहिरको पनि हुनसक्छ’, उनले भने, ‘यस विषयमा बुझ्दैछौँ ।’

फर्निचर उद्योगमा आगलागी भएको भनी स्थानीयले शनिबार बिहान ६ बजे प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै दमकलसहित घटनास्थल पुगेको प्रहरीको टोली आगो निभाउने क्रममा भित्र पुरुषको शव फेला पारेको हो । आगलागीबाट १० लाख रुपैयाँ मूल्य बराबरको फर्निचर क्षति भएको अनुमान गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७