दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ लोकार्पित


२४ चैत्र २०८०, शनिबार
Capture 1712388104

काठमाडौँ । सशस्त्र द्वन्द्वकालको कथा–व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ आज लोकार्पित भएको छ ।

पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो । सो अवसरमा मुलुक द्वन्द्व र सङ्कटकालमा हुँदा जन्मिएकी इभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुङ्गो’ पढ्दाको आफ्नो अनुभूति सुनाइन् ।

‘समाज विज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन’, पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ ? अहिले कहाँ छौँ ? यस्ता प्रश्नको जवाफ मैले यो उपन्यासमा पाएँ ।’ अर्घाखाँचीको विकट मानिने सिलिङखोलामा जन्मिएका लेखक दर्लामी हाल बुटवल बस्दै आएका छन् । यसअघि उनका दुई उपन्यास तथा ‘नेपालको राजनीतिमा अर्घाखाँची’ सोधमूलक पुस्तक प्रकाशित भइसकेका छन् ।

पब्लिकेसन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले नेपाली समाजको सङ्घर्ष, सपना र यथार्थ चित्रण गर्ने आख्यान वा गैह्रआख्यान दुवै विधाका पुस्तक प्रकाशनका क्रममा ‘मारीखोलाको ढुङ्गो’ जस्तो सुन्दर उपन्यासको जिम्मेवारी लिएको बताए । कूल एक सय ३४ पृष्ठको सो कृति पुस्तक विश्वभरका पाठकले अमेजनका माध्यमबाट पनि खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७