भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, गाडी चढेर भागे राजेन्द्र महतो


२४ चैत्र २०८०, शनिबार
Jhadap

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ । र्‍याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । झडपमा २ प्रहरी र ३ प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए । त्यसक्रममा केही प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको एसपी अधिकारीले बताएका छन् ।

महतोले केही समयअघि लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति आनदोलन घोषणा गरेका थिए । ’आज उपत्यका विशेष ब्यूरोले बहुल राष्ट्रिय राज्य नेपाल स्थापनार्थ नेपा मण्डल घोषणाको लागि बृहत जनप्रदर्शन कार्यक्रम थियो । हामीमाथि प्रहरीले लाठी बर्सायो । अहिले मसहित दर्जनौं साथीहरू अस्पतालमा छौं,’ महतोले भने । दुई पक्षबीच झडपको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७