सुहाङको मनोनयनमा इलाममा देखियो यस्तो उत्साह (फोटो फिचर)


२४ चैत्र २०८०, शनिबार
one
फाइल फोटो

इलाम । आउँदो वैशाख १५ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेले सुहाङ नेम्बाङको उम्मेद्वारी दर्ता गराएको छ । माओवादीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा प्रस्तावक र एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी समर्थक रहेर नेम्बाङको उम्मेद्वारी दर्ता भएको हो । उम्मेदवारी दर्ताअघि एमाले उम्मेदवार सुहाङले इलामको ठूलो टुँडिखेलस्थित शहीद रत्नकुमार वान्तवा, बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए ।

‘समर्थक र प्रस्तावकहरुसहित हामीले भर्खरै उम्मेद्वारी दर्ता गरायौं’, एमाले कोशीका अध्यक्ष घनश्याम खतिवडाले भने । संविधानसभा अध्यक्ष समेत रहेका सो क्षेत्रका सांसद सुवासचन्द्र नेम्बाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्बाङकै कान्छा छोरा सुहाङलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।

उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ । एमाले–माओवादीका साझा उम्मेदवारका रुपमा रहेका सुहाङको उम्मेदवारी दर्तामा एमाले–माओवादी दुबै पार्टीका नेता–कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो । चुनावका लागि घरदैलो अभियान चलाइरहेका सुहाङलाई इलामका नागरिकले निकै हौसला प्रदान गरिरहेका छन् ।

1
2
3
4
5
6
7
8
9
10
11
12
13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७