फराह खानले फेरि पनि शाहरूख खानलाइ आर्मी अफिसर बनाउने


२५ चैत्र २०८०, आईतवार
Khan

मुम्बई । शाहरुख खानको एउटा फिल्म सन् २००४ मा रिलिज भएको थियो–नाम थियो ‘मै हूं ना ।’ जसमा शाहरुख आर्मी अफिसर बनेका थिए । त्यसपछि सन् २०१२ मा एउटा फिल्म आयो जसको नाम थियो– ‘जब तक हैं जान’, यसमा पनि शाहरुखले आर्मी अफिसरको भूमिका निभाएका थिए । अब खबर आइरहेको छ कि शाहरुख फेरि एक पटक ठूलो पर्दामा आर्मी अफिसरको भूमिकामा देखिन सक्ने छन् ।

मिडिया रिपोर्टमा खबर छ कि शाहरुखले चाँडै आफ्नो अर्को फिल्मको घोषणा गर्न सक्ने छन् । उनको यो फिल्म निर्देशक फराह खानसँग हुन सक्छ । यस फिल्ममा शाहरुख फेरि आर्मी अफिसरको भूमिकामा देखिने छन् । यो पनि मल्टिस्टार फिल्म हुने बताइएको छ । जसले ‘मै हुन ना’ को कथानकलाई धेरै हदसम्म पछ्याउने छ । यद्यपी यी समाचारमा अहिलेसम्म कुनै आधिकारिक रुपमा जानकारी दिइएको छैन । तर, फ्यानहरु भने यो फिल्मलाई लिएर निकै उत्साहित छन् ।

शाहरुख खान र फराह खानको जोडीले तीनवटा फिल्ममा सँगै काम गरिसकेका छन् । फराहले अहिलेसम्म ४ वटा फिल्म निर्देशन गरिसकेकी छिन् । जसमध्ये उनले शाहरुखसँग ३ फिल्ममा काम गरिसकेका छन् । फराहको पहिलो निर्देशकीय डेब्यू फिल्म ‘मै हूँ ना’ थियो । जुन शाहरुख खानको प्रोडक्सन कम्पनी रेड चिलीज इन्टरटेनमेन्ट अन्तर्गत बनेको फिल्म थियो । यसपछि फराहले शाहरुखसँग ‘ओम शान्ति ओम’ बनाइन् । जुन ब्लकबस्टर बन्यो ।

त्यसपछि फराहले सन् २०१४ मा ‘ह्याप्पी न्यू इयर’ नामको फिल्म बनाइन् । यो मल्टिस्टार डकैती फिल्म थियो । जसले टिकट विन्डोमा राम्रो प्रदर्शन गर्यो। त्यसयता फराह खानले कुनै फिल्म बनाएकी छैनन् । खबरको विश्वास गर्ने हो भने फराह शाहरुखसँग फिल्म बनाउने योजनामा छिन् । तर अझै केही फाइनल भएको छैन । हालै एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा फराहले आफूले अबको जुनसुकै फिल्म बनाउँदा शाहरुख खानसँग मात्रै बनाउने बताइन् ।

ठीक छ, जबसम्म निर्माता पक्ष वा शाहरुख खानबाट केहि फाइनल हुँदैन, कुनै आधिकारिक घोषणा हुँदैन, केहि भन्न धेरै हतार हुनेछ । शाहरुखको कुरा गर्ने हो भने उनका ‘जवान’, ‘पठान’ र ‘डंकी’ गत वर्ष आएका थिए । यी तीनवटै फिल्मले विश्वभर २६ सय करोडभन्दा बढी कमाइ गरेका थिए । अबको केही दिनमा शाहरुखले ‘किंग’ नामको फिल्म सुरु गर्न लागेका छन् । यो चलचित्रको छायांकन मेबाट सुरु हुँदैछ । यसमा शाहरुखसँगै उनकी छोरी सुहाना पनि देखिने छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७