रास्वपा संसदीय दलको वैठक बस्दै, यी चार विषयमा छलफल


२५ चैत्र २०८०, आईतवार
rabi
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज (आइतबार) बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक साँझ ५ बजे बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन् । संसदको काम कारबाहीमा पार्टीको भूमिका र उपस्थिति अझ प्रभावकारी बनाउन बैठक बस्न लागिएको उनले बताइन् ।

यस्तै संसदमा प्रस्तुत विधेयकरूमाथि पार्टीको साझा धारणा बनाउने विषयमा पनि संसदीय दलमा छलफल हुने उनको भनाइ छ। पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनबारे पनि छलफल हुनेछ ।

यसै गरी समसामयिक राजनीतिक विषय, उपनिर्वाचनको तयारीबारे पनि छलफल हुनेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसद छन् । पार्टीका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीसहित सरकारमा छन् । उपसभापति डिपी अर्याल (डोलप्रसाद) श्रममन्त्री छन् । उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सांसद सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७