गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस, मनाङेको पनि साथ


२५ चैत्र २०८०, आईतवार
gandaki

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीलाई माओवादी केन्द्रले समर्थन गरेको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको प्रभाव गण्डकीमा पनि परेको छ ।

जसका कारण माओवादीले साथ छाडेपछि सुरेन्द्रराज पाण्डेले बहुमत गुमाएका थिए । जसका कारण उनले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वजान गरेका थिए । सोहीअनुसार अधिकारीले मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक हुन्छ । गठबन्धनमा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् । दीपक मनाङेले पनि अधिकारीलाई साथ दिएका छन् । अधिकारीले मुख्यमन्त्रीमा दाबी गर्दा सभामुख कृष्ण धितालको पनि गणना गरिएको छ । यसरी बहुमतका लागि आवश्यक ३१ सांसद पु¥याएर अधिकारीले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख मक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आज निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए । गत बिहीबार सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका थिए । समयसीमा सकिनुभन्दा दुई दिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा अनिर्णित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७