आईपीएल : गुजरातमाथि लखनउको शानदार जित


२६ चैत्र २०८०, सोमबार
lakhn2024 04 08 06 04 42

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपर जाइन्टले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गरेको हो ।

लखनउले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरात १८.५ ओभरमा अल आउट हुँदै १३० रन मात्र बनाएपछि खेल ३३ रनले हारेको थियो । यस अघि लखनउले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउँदै १६३ रन बनाएको थियो । यो जितपछि लखनउको ४ खेलमा ३ जित र एक हारसहित ६ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी गुजरातको भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७