मोजाम्बिकमा डुङ्गा पल्टिँदा ९१ को मृत्यु, ३४ जना बेपत्ता


२६ चैत्र २०८०, सोमबार
dunga

काठमाडौं । मोजाम्बिकको उत्तरी प्रान्त नामपुलामा डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ । मोजाम्बिक टापु नजिकै मानिसहरूले भरिएको डुङ्गा पल्टिँदा कम्तीमा ९१ जनाको ज्यान गएको र ३४ जना हराइरहेका सरकारी रेडियो मोजाम्बिकलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पाँच जना जीवितै भेटिएका छन् । ज्यान गुमाउनेहरूमा धेरैजसो बालबालिका छन् ।

नामपुला प्रान्तका राज्य सचिव जेमे नेटोले मोसुरिल जिल्लाबाट प्रस्थान गरेको यो डुङ्गामा एक सय ३४ जना यात्रु सवार थिए । हैजाको प्रकोपबारे गलत जानकारी फैलिएपछि मानिसहरू हतार–हतार गएर आफ्नो गाउँ छाड्ने क्रममा दुर्घटना भएको खबरमा उल्लेख छ । माछा मार्ने डुङ्गामा अत्यधिक मानिस बसेकै कारण पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७