कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ, श्रीमानलाई पनि यस्तो आरोप


२७ चैत्र २०८०, मंगलवार
kk

वासिंगटन डिसी । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो कुकुर मानिन्छ ।

साथै अमेरिकी प्रहरीले नर्सका श्रीमान् विलियम मिचेल केनलाई टेक्सासको एक सुपरमार्केट नजिकै बालबालिकासँग अश्लिल क्रियाकलाप गरिरहेको आरोपमा पक्रेको थियो । प्रहरीले अभियुक्त युवकको मोबाइल फोन जाँच्दा छक्क परेको बताएको छ । कारण मोबाइलमा दर्जनौं विचलित भिडियो र तस्विरहरू थिए ।

आरोपित युवकको फोनमा उनकी श्रीमतीले आफ्नो घरपालुवा कुकुरसँग धेरै किसिमका यौन क्रियाकलाप गरेको निकै विचलित पार्ने भिडियो भेटिएको छ । यसबाहेक बाल अश्लील सामग्री पनि फेला परेको छ । त्यसपछि प्रहरीले अभियुक्तको घरमा छापा मारेर १८ र १० वर्षका बालबालिका र तीनवटा कुकुरलाई मुक्त गरेको थियो । हाल यस विषयमा अनुसन्धान भइरहेको छ । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७