बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाई सघाउने, उम्मेदवारी फिर्ता लिइँदै


२७ चैत्र २०८०, मंगलवार
prachanda kp oli
फाइल फोटो

बझाङ । बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएको छ । त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए ।

उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जनक बुढाले दिएको उम्मेदवार फिर्ता गराइ एमाले उम्मेदवार दमनबहादुर भण्डारीलाई सघाउने औपचारिक निर्णय लिदैँछ ।

उम्मेदवारी फिर्ता लिनका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बझाङ पार्टीलाइ निर्देशन दिएका थिए । आगामी १५ वैशाखमा बझाङको प्रदेशसभा– १ मा उपचुनाव हुँदैछ । यसअघि इलाम–२ मा हुने उपचुनावमा पनि माओवादीले एमालेलाई सघाउने निर्णय लिएको थियो । –न्यूज कारखाना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७